राप्ती न.पा. २, पिप्ले चितवन

संस्थाको पृष्ठभूमिः

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना २०५४ साल पुस ४ गते दिन स्थानिय २५ जना महिला तथा पुरुषहरुको विशेष उपस्थिती एंव सर सल्लाहरुबाट समुदायमा विद्यमान गरीबी, अभाव, बेरोजगारी जस्ता भयावह समस्याहरुको सामूहिक रुपमा सामना गर्न समाजका सदस्यहरुलाई आफुले आर्जन गरेको आयको केही अंश नियमित रुपमा बचत गर्ने बानी बसाल्न प्रोत्साहित गरी संकलन भएको बचत रकम सदस्यहरुको आवश्यकता अनुसार सिपमुलक आय आर्जन कार्यमा बृद्धि गर्न तथा भविष्यमा आईपर्ने आर्थिक संकट टार्न सहुलियत व्याजदरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक, सामाजिक स्थितीमा सुधार ल्याउने उद्धेश्यका साथ “ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. राप्ती नगरपालिका २ गडयैली, चीतवन” नामक सहकारी संस्था विधिववत रुपमा दर्ता समेत गरी संचालन गर्ने अठोट भए अनुरुप जिल्ला सहकारी कार्यालय मकवानपुर बाट मिति २०५६/१०/२८ दर्ता नं. २-१५४-१४० -०५६ उल्लेखित संस्था दर्ता प्रमाण पत्र प्राप्त भए पश्चात तत्कालिन पीप्ले गा.वि.स.र भन्डारा गा.वि.स.लाई कार्यक्षेत्र तोकी विधिवत रुपमा संस्था संचालन गरिएको थियो ।

अल्पकालिन उद्देश्यः
• सदस्यहरुले उत्पादन गरेका सामानहरुलाई बजार व्यवस्थापनमा सहयोग गर्ने ।
• सदस्यहरुलाई व्यवसायिक बनाउन उत्पे्ररणा प्रदान गर्ने ।
• सदस्यहरुलाई उद्यमशील बन्नको लागि अभिप्रेरित गर्ने ।
• सदस्यहरुलाई निरन्तर सहकारी शिक्षा, वित्तिय साक्षरता तथा वित्तिय परामर्श प्रदान गर्ने ।
• संस्थाले संस्थागत बीमा अभिकर्ता भई सदस्य वीमा कार्यक्रम संचालन गर्ने ।
• संस्थाले आधुनिक प्रविधीहरु भित्र्यार एस.एम.एस, इ–सेवा जस्ता सेवाहरुको विकास गर्ने ।
• साना तथा घरेलु उद्योग विकासका लागि सहुलिय ऋणको व्यवस्था गर्ने ।
• वित्तिय रुपमा दिगो, सक्षम एवं सबल रुपमा स्थापित गर्ने ।
• सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने ।

दीर्घकालिन उद्देश्यः
• संस्थामा संलग्न सदस्यहरु र जनसमुदाय बीच स्वावलम्बन, पारस्परिक सहयोग एवंमितव्ययिताकोअभिवृद्धि गरी नियमिति वित्तिय कारोबार गर्ने बानीको विकास गर्ने ।
• नियमित रुपमा सदस्यहरुबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुले गरेका निक्षेपमा वित्तिय विश्लेषणको आधारमा ब्याज दिने ।
• उत्पादनशील, आयमूलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरुलाई सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने ।
• आत्मनिर्भरता तथा आत्मविश्वास सम्बन्धी धारणा बारे सदस्यहरुलाई उत्प्रेरित गर्ने ।
• सदस्यहरुलाई आय–आर्जन क्षमतामा वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउनुका साथै वित्तिय परामर्श तथा उधमशीलता विकासमा सहयोग गर्ने ।
• सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका अन्य कृयाकलाप संचालन गर्ने ।
• साधारण जनताका आर्थिक अवस्थाको विकास र प्रर्वद्धनमा समर्पित राष्ट्रिय तथा अन्तराष्ट्रिय संगठनहरुको दाँजोमा पुग्ने उद्देश्य लिई गठित केन्द्रीय संघको सदस्यता ग्रहण गर्ने ।
• सम्बन्धित निकायबाट स्वीकृती लिई दातृसंस्थाहरुबाट कुनै शर्त नराखी प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्नु ।
• आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रियरअन्तराष्ट्रियसंस्थाहरुसंग सहयोगात्मक भावना राख्ने ।
• सदस्यहरुको संमृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन,नियमहरुर विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्यसंचालनका साथै चल–अचल सम्पत्ति आर्जन गर्ने ।
• समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा मैत्रीपूर्ण सहयोग पुरयाउने ।
• विप्रेषण सेवा उपलब्ध गराउने ।
• महामारी, दैवि प्रकोप तथा विपतको सामना गर्न तत्पर रहने ।

संस्थामा मौजुदा नीति तथा कार्याविधिहरूः
• शेयर नीति
• बचत नीति
• ऋण नीति
• क्यान्सर रोग पिडित तथा मृत्यु राहत कोष नीति २०७६
• आचार संहिता नीति
• हिसाब राफसाफ नीति
• सदस्यता नीति
• गल्ती व्यवस्थापन नीति
• लेखा नीति
• कोष व्यवस्थापन नीति
• सुशासन नीति
• बाह्रय ऋण नीति
• संरक्षित पूँजी फिर्ता कोष निर्देशिका नीति
• जोखिम व्यवस्थापन तथा सम्पत्ति शुद्धिकरण निवारण कार्यान्वयन नीति
• अभिलेख तथा लेखा प्रमाणित गर्ने निर्देशिका
• सदस्यता सेवा निर्देशिका
• आर्थिक प्रशासन सम्बन्धि नियमावली
• संस्था संचालन सम्बन्धि मार्गदर्शन
• निर्वाचन नियमावली
• ब्राण्ड माईण्ड सेट बुक
• रणनीतिक व्यावसायिक योजना
• सदस्य सुचना कार्यविधि
• सानो नगदी कोष व्यवस्थापन कार्यविधि
• नगद व्यवस्थापन कार्यविधि
• संचालक समिति बैठक संचालन कार्यविधि
• वार्षिक साधारण सभा संचालन कार्यविधि
• योजना तथा बजेट निर्माण कार्यविधि
• राहत वितरण कार्यविधि
• सुझाव तथा गुनासो पेटीका कार्यविधि
• प्रोत्साहन नीति निर्देशिका
• मानव संशाधन व्यवस्थापन नीति कर्मचारी प्रशासन नियमावली

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.