राप्ती न.पा. २, पिप्ले चितवन

पृष्ठभूमि

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना २०५४ साल पुस ४ गते दिन स्थानिय २५ जना महिला तथा पुरुषहरुको विशेष उपस्थिती एंव सर सल्लाहरुबाट समुदायमा विद्यमान गरीबी, अभाव, बेरोजगारी जस्ता भयावह समस्याहरुको सामूहिक रुपमा सामना गर्न समाजका सदस्यहरुलाई आफुले आर्जन गरेको आयको केही अंश नियमित रुपमा बचत गर्ने बानी बसाल्न प्रोत्साहित गरी संकलन भएको बचत रकम सदस्यहरुको आवश्यकता अनुसार सिपमुलक आय आर्जन कार्यमा बृद्धि गर्न तथा भविष्यमा आईपर्ने आर्थिक संकट टार्न सहुलियत व्याजदरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक, सामाजिक स्थितीमा सुधार ल्याउने उद्धेश्यका साथ “ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. राप्ती नगरपालिका २ गडयैली, चीतवन” नामक सहकारी संस्था विधिववत रुपमा दर्ता समेत गरी संचालन गर्ने अठोट भए अनुरुप जिल्ला सहकारी कार्यालय मकवानपुर बाट मिति २०५६/१०/२८ दर्ता नं. २-१५४-१४० -०५६ उल्लेखित संस्था दर्ता प्रमाण पत्र प्राप्त भए पश्चात तत्कालिन पीप्ले गा.वि.स.र भन्डारा गा.वि.स.लाई कार्यक्षेत्र तोकी विधिवत रुपमा संस्था संचालन गरिएको थियो ।

संस्थाका सेवाहरु

बचत सेवा

भविष्यको उपभोगका लागि वर्तमान समयमा खर्च नगरी छुट्याएर राखिएको पैसा बचत हो । हातमा पैसा हुँदा, भए जति पैसा खर्च गर्ने बानीबाट बच्न बैंक, वित्तीय संस्था तथा सहकारीमा खाता खोलेर राखिएको रकम बचत हो । बचत सम्पत्ति बढाउने एउटा तरीका हो । बचत गर्ने बानीले अनावश्यक खर्चहरूबाट जोगाउँछ । आफ्ना जीवनका विभिन्न आवश्यकताहरू पूरा गनर्, जस्तैः जन्म, पढाइ, विवाह, बृद्ध अवस्था आदिमा बचतले ठूलो सहयोग गर्छ । बिरामी पर्दा, वृद्ध अवस्था हुँदा काजक्रिया तथा अन्य आकस्मिक अवस्था आइपर्दा बचतलाई प्रयोग गर्न सकिन्छ । सम्पत्ति बढाउन व्यवसाय सुरु गर्न र व्यवसाय बढाउन पनि बचतले मद्दत पुर्याउँछ । भविष्यको आर्थिक सङ्कट टार्न बचतले सहयोग गर्छ । बचतले खर्चमा अनुशासित हुन सिकाउँछ र भविष्य सोच्ने बानी विकास गर्छ । बचतले आफ्नो वित्तीय लक्ष्य पूरा गर्न मद्दत गर्दछ । त्यसै कारण संस्थाले सदस्यको आवश्यकतालाई आत्मासाथ गर्दै बालपन देखि बृद्ध अवस्था सम्म उपयोगी हुने खालका विभिन्न याृजना सहितको बचत सेवा प्रदान गराउदै आइरहेको छ ।

ऋण सेवा

एक निश्चित अवधी पछि ब्याज सहित फिर्ता दिने शर्तमा लिइएको रकम ऋण हो । कुनै निश्चित काम गर्दा आफूसँग भएको पैसाले पुगेन भने ऋण सेवा लिन सकिन्छ । आफ्नो विभिन्न आवश्यकताहरु पूरा गर्न ऋण आवश्यक पर्दछ । ऋण संस्थाले दिने एक प्रकारको सुविधा मात्र हो जसलाइ अवसरको रुपमा पनि लिनि सकिन्छ । कुनै व्यापार व्यवसाय सञ्चालन वा अन्य कुनै काममा आफुसँग भएको पैसा वा आम्दानीले पुगेन भने थप एकमुष्ट पैसा पाउन ऋणले सहयोग गर्दछ । कुनै आकस्मिक अवस्थामा पैसा चाहिएको बेला समस्या टार्न ऋणले मद्दत पुर्याउँदछ । उत्पादनमूलक काम वा कुनै आम्दानी बढ्ने कामको लागि लिइएको ऋणले पारिवारिक सुख निम्त्याउँदछ । ऋणले नयाँ नयाँ व्यवसाय सञ्चालन गर्न र सफलताको लागि चुनौति लिन सिकाउँछ । संस्थाले सदस्यको माग र आवश्यकतालाइ मध्यनजर गरि विभिन्न प्रकार ऋण सेवाहरु प्रावह गर्दै आइरहेको छ । जसले सदस्यको आर्थिक अवस्थालाई मजबुज सहज बनाउन मद्दत गर्दछ ।

संस्थाको गतिविधिहरू

होमपेज

जोखिम पहिचान तथा व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।

मिति २०८१ भदाै १७र १८ गते यस संस्थाका अध्यक्ष श्री एकराज ओली ज्यूको अध्यक्...

विप्रेशन सेवाहरू

तपाइको महत्वपूर्ण सन्देश यहाँबाट पठाउनुहोस् ।


गुगल ठेगाना

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.